PahiloPost

Jun 24, 2025 | १० असार २०८२

ललितपुरमा टिपरको ठक्करले मोटरसाइकल यात्रुको मृत्यु



पहिलोपोस्ट

ललितपुरमा टिपरको ठक्करले मोटरसाइकल यात्रुको मृत्यु

काठमाडौँ : ललितपुरको धोबिघाटमा सवारी दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ।

आज दिउँसो करिब २ बजे ललितपुरको धोबिघाट बा ४ ख ७२८५ नम्बरको टिपरले बा १९ प ९९९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका बारा जिल्ला घर भएका २२ वर्षीय विक्रम फौजदारको मृत्यु भएको हो।

टिपरको ठक्करले गम्भीर घाइते भएका फौजदारको उपचारको क्रममा स्टार हस्पिटलमा मृत्य भएको हो। दुर्घटनामा संलग्न सवारी साधनसहित टिपर चालकलाई महानगरीय प्रहरी परिसर ललितपुरले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ।

मोटरसाइकल चालक सामान्य घाइते भएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell