काठमाडौं : प्रहरीले बलात्कार मुद्दामा दोषी ठहर भइ फरार भएका दुई अभियुक्तलाई २७ वर्षपछि पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले रामेश्वर नगरकोटी र अनिल थापालाई पक्राउ गरेको हो।
मुद्दामा काठमाडौं जिल्ला अदालतले उनीहरुलाई २०५० सालमा दोषी ठहर गर्दै एक वर्ष ६ महिना कैदको फैसला सुनाएको थियो।
उनीहरुले २०४७ सालमा काठमाडौंको मखनबाट युवतीलाई जवर्जस्ती गाडीमा चढाई कीर्तिपुर क्याम्पसको हलभित्र लगेर जबर्जस्ती करणी गरेका थिए ।
प्रहरीले उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पठाएको छ।