काठमाडौं: ‘नेपाल्स नेक्स्ट सुपर मोडल–२०१७’को उपाधि सुष्टि तामाङले जितेकी छिन्। प्रतियोगिताको यस दोस्रो संस्करणमा २९ प्रतिपस्र्धीलाई पछि पार्दै सुष्टिले ‘नेपाल्स नेक्स्ट सुपर मोडल’को उपाधि हात पारेकी हुन्। उनले ताजसँगै नगद तथा विभिन्न गिफ्टह्याम्पर हात पारेकी छिन्।
आरएनआर ग्रुपद्वारा आयोजिकत यस संस्करणमा दिव्या थापा फस्ट रनर्सअप र रिजिन तामाङ सेकेन्ड रनर्सअप भएका छन्। उनीहरुले पनि टाइटल उपाधिसहित विभिन्न गिफ्टह्याम्पर प्राप्त पाए। अधिवक्ता लक्ष्मण महर्जन, ब्युटिसिययन एसोशिएशनका अध्यक्ष उज्वलकृष्ण श्रेष्ठ, हिमालय एयरलाइन्सका उज्वला दली, ग्ल्यामर फोटोग्राफर राजभाई सुवाल, फ्लाईटेकका सिईओ नाजिर हुसैन, पत्रकार डब्बु क्षेत्री र मोडल विपना थापा निर्णायक मण्डल रहेको थिए।
प्रतियोगितामा पल्लवी श्रेष्ठ बेस्ट बडी, कस्मिता बज्रचार्य मिस पपुलर, प्रज्ञा तिवारी भिअर्स च्वाइज र मल्टिमिडिया तथा मन्दिरा राज्यलक्ष्मी शाह बेस्ट वाक चुनिए। त्यस्तै, आशिका मगर फोटोजेनिक, दृष्टि मानन्धर बेस्ट स्किन, दिव्या थापा मिस पर्सनालिटी, करणा क्षेत्री बेस्ट हेयर, प्रदिप्ती अर्याल मिस कन्जेनिलिटी र दावा जाङ्मु लामाले बेस्ट स्माइल सबटाइटल पाएका छन्।
कार्यक्रममा गायक सुसन साम्सोहाङ लिम्बू र दीपा लामाले सांगीतिक प्रस्तुति दिएका थिए।