PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

कर्मचारी व्यवस्थापनका लागि यस्तो छ सामान्य प्रशासनमन्त्रीको तयारी



रासस

कर्मचारी व्यवस्थापनका लागि यस्तो छ सामान्य प्रशासनमन्त्रीको तयारी
फोटो मन्त्री बस्नेतको फेसबुकबाट

काठमाडौँ : सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले कर्मचारी समायोजन गर्नुभन्दा पहिले आन्तरिक व्यवस्थापन गरेर कर्मचारीलाई खटाउने तयारी भइरहेको बताएका छन्। 

मन्त्रालयमा रासससँग कुरा गर्दै मन्त्री बस्नेतले तत्कालका लागि स्थानीय तह र प्रदेशका लागि आन्तरिक व्यवस्थापन गरेर कर्मचारी खटाउने तयारी भइरहेको जानकारी दिए।

उनले भने,‘कर्मचारी समायोजन ऐन आउन ढिला भएकोले स्थानीयस्तरमा काम गर्नका लागि विभिन्न कार्यालयका कर्मचारीलाई आन्तरिक व्यवस्थापनबाट कर्मचारी खटाइने छ।’

उनले कहाँबाट कसरी कर्मचारी पठाउनेबारे अहिले छलफल भइरहेको बताए। अहिले कर्मचारी समायोजनसम्बन्धी विधेयक संसद्मा विचाराधीन छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell