PahiloPost

Mar 18, 2026 | ४ चैत्र २०८२

जिसस काठमाडौँमा एमालेको प्यानल विजयी



रासस

जिसस काठमाडौँमा एमालेको प्यानल विजयी

काठमाडौँ : काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा एमालेका शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन्। 

आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरेका थिए। 

यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भइन् भने निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गरे। 

सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएका छन्। निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार छन्। नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell