PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

बबई सिँचाइ आयोजनाः  कच्ची नहरलाई पक्की बनाइँदै 



रासस

बर्दिया । राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना सुधार हुँदै आएको छ। पहिले बनाएको कच्ची नहरलाई पक्की बनाउन थालिएको हो। 

पहिलो चरणमा निर्माण भएको राजकुलोदेखि बाँसगढीसम्म २२ किलोमिटर नहरमध्ये १२ किलोमिटर कच्ची नहरलाई पक्की बनाउने काम तीव्ररुपमा भइरहेको बबई सिँचाइ आयोजनाले जनाएको छ। 

७१ करोडको लागतमा पक्की बनाउन लागिएको सो नहर पप्पुमल्ल देव एन्ड सायर जेभी, रसुवा लामा जेभी स्वच्छन्द महादेव, खिम्ती जेभी र विल्डर्स एन्ड बिरुवा जेभीले २०७०/०७१देखि चार वटा प्याकेजमा काम सुरु गरेका थिए। अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ।

समयमै सिँचाइ सुविधा पुर्याउन नहरको हेड बक्सदेखि मगरागाडीसम्म छुट्टाछुट्टै नहर निर्माण गर्ने संझौता बमोजिम गत वर्ष गजुरमुखी डिबी जेभीमृत सञ्जीवनी गाल्भा जेभी, रसुवा लामा विल्डर र गजुरमुखी जेभीले जिम्मा पाई काम सुरु गरेका हुन्। नहर निर्माण भएपछि ५० प्रतिशत सिँचाइ सुविधा हुने आयोजनाको दाबी छ। 

अमरकन्सट्रक्सले आठ करोडको लागतमा गत वर्षदेखि बबई पुलदेखि पश्चिमतिर १५० मिटर लामो साइफन राखी नहर निर्माण गरिरहेको छ। 

नहर निर्माणबाट पूर्वमा पदनहा, बानियाभार, मगरागाडी, धधबार महममदपुर, कालिका, मैनापोखर, सोरहवा, जमुनी र बाँसगढी नगरपालिकाका खेतीयोग्य जमिन सिञ्चित हुनेछ हुनेछ भने पश्चिमतिर नेउलापुर, बगनाहा, ढोढरी, सूर्यपटुवा, ठाकुरद्वारा नगरपालिकालगायत मधुवन नगरपालिका र गुलरिया नगरपालिकामासमेत सिंचाइ सुविधा पुग्ने भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell