PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जिसस भक्तपुरमा एमालेको प्यानल विजयी, प्रमुखमा नवराज गेलाल



रासस

जिसस भक्तपुरमा एमालेको प्यानल विजयी, प्रमुखमा नवराज गेलाल

भक्तपुर : जिल्ला समन्वय समिति भक्तपुरको आज भएको निर्वाचनमा नेकपा एमालेको प्यानल विजयी भएको छ। 

जिसस प्रमुखमा नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर निर्वाचित भएका छन्। सदस्यहरुमा शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी भएका छन्। 

कूल आठ मत रहेकामा सात मत मात्रै खसेको थियो भने खसेको मतमा एमालेको प्यानलले पाँच मत र नेमकिपाका उम्मेदवारले दुई मत प्राप्त गरेका थिए। 

नेपाली कांग्रेसले भने उम्मेदवारी दिएन भने मतदानमा पनि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

चारवटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थाअनुसार भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगर प्रमुख एवम् उपप्रमुख गरी आठ जनाले मतदान गरेका थिए। 

निर्वाचनमा नेमकिपाले भने जिसस प्रमुखमा कमला भारती गिरी र उपप्रमुखमा हरिरत्न गोर्खालीसहित सदस्यहरुमा रोशनमैया सुवाल, रोशन खत्री, जितेन्द्र मुनंकर्मी, रञ्जना त्वाती, जगतलाल मानन्धर र विजयालक्ष्मी शाक्य तथा दलित तथा अल्पसङ्ख्यक सदस्यमा सुनिता द्यौलालाई उम्मेदवार बनाएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell