PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चूडामणि शर्माको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, अर्को सुनुवाइ बुधबार हुने 



रासस

चूडामणि शर्माको मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा, अर्को सुनुवाइ बुधबार हुने 

काठमाडौँ : सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई गैरकानुनीरुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैमा बुधबारका लागि तोकेको छ। 

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ हुँदाहुँदै नभ्याएपछि बुधबार (२५ गते) का लागि राखिएको हो। 

निवेदनमाथि आयोगकातर्फबाट अधिवक्ताहरु परशुराम कोइराला र चेतनाथ घिमिरे, निवेदककातर्फबाट अधिवक्ता ललित बस्नेतले बहस गरेका थिए। 
गत बुधबार सरकारकातर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगकातर्फबाट अधिवक्ता बोर्णबहादुर कार्की, नरेन्द्रप्रसाद पाठक र यज्ञमूर्ति बन्जाडेले बहस गरेका थिए। 

शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ। मंगलबारदेखि अदालतले शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ। 

गत असार ४ गते न्यायाधीशद्वय चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । 

शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनीरूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। 

कर फछ्र्यौट आयोगका सदस्यसचिवसमेत रहनुभएका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ।  रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell