PahiloPost

Jun 24, 2025 | १० असार २०८२

गोल्डेनगेट र प्राइमलाई नेबा प्रेसिडेन्ट कप



पहिलोपोस्ट

गोल्डेनगेट र प्राइमलाई नेबा प्रेसिडेन्ट कप

काठमाडौं : गोल्डेनगेट ‘बी’ र प्राइम ‘डि’ ले नेबा प्रेसिडेन्ट कप थ्री बाइ थ्री राष्ट्रव्यापी पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन्। प्रतिस्पर्धात्मक दुवै फाइनलमा विजेताले आ–आफ्नो कलेजको टिमलाई पराजित गरे।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष फाइनलमा गोल्डेनगेट ‘बी’ ले गोल्डेनगेट ‘ए’ लाई २१–२० को झीनो अन्तरले पराजित गर्‍यो। विजयी टिमका लागि अशिम श्रेष्ठ र राजिव जोशीले ७–७, विक्रम डंगोलले ५ तथा अनिश शाहीले २ अंक जोडे। विजेताले ४० हजार नगद पुरस्कार पायो भने उपविजेताले २० हजार प्राप्त गर्‍यो।

नेपाल बास्केटबल संघ (नेबा) को सहकार्यमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको महिला उपाधि भिडन्तमा प्राइम ‘डि’ ले प्राइम ‘ए’ लाई १३–११ ले हरायो। जितमा लुनिभा सिंहले १०, सिर्जना गिरीले २ र यति क्षेत्रीले १ अंक योगदान गरे। प्राइम ‘डि’ ले ३० हजार तथा प्राइम ‘ए’ ले १५ हजार नगद पुरस्कार हात पारे।

पुरुषमा राजिव जोशी र महिलामा लुनिभा सिंह ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए। उपाधि विजेता टोलीका दुवैलाई समान ७–७ हजार नगद हात पारे।

लिग कम नकआउट आधारमा भएको प्रतियोगिताको अन्तिम दिन आइतबार सबै चरणका नकआउट खेल भएो हो भने शनिबार समूह चरणको खेल खेलाइएको थियो।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष एवं एनओसीका महासचिव समेत रहेका नेबाका अध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, नेबाका उपाध्यक्ष भुवनसिंह गुरुङ, महासचिव नरेन्द्र थापा, आयोजक ललितपुर जिल्ला बास्केटबल संघका महासचिव शरद् विष्टलगायतले पुरस्कृत गरे। दुईदिने प्रतियोगिताको पुरुषमा ४८ तथा महिलामा १२ गरी ६० टिम सहभागी थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell