
केन्याली धावक जिफ्रो केरुईले लण्डनमा जारी वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपअन्तर्गत म्याराथनमा स्वर्ण जितेका छन्।
२४ वर्षिय केरुईले निर्धारित २ घण्टा ८ मिनेट २७ सेकेण्डमा पूरा गरे।
इथियोपियाका तमिरत तोलाले २ घण्टा ९ मिनेट ४९ सेकेण्डमा दौड पूरा गर्दै रजत जिते भने तान्जानियाका अल्फोन्से सिम्बुले कास्य जिते।
🥇 GOLD for Kenya's Geoffrey Kirui 🇰🇪. The 24-year-old rules the streets of London #BeTheNext marathon man pic.twitter.com/JFWDVeShWV
— IAAF World Champs (@IAAFWorldChamps) August 6, 2017
यस्तै म्याराथनमा प्रतिस्पर्धा गरेका नेपालका भूमिराज राईले भने दौड पूरा गर्न सकेनन्। कुल सय धावकले प्रतिस्पर्धा गरेको म्याराथनमा ७१ जनाले मात्र निर्धारित दुरी पूरा गरेका थिए।
नेपालका भूमिराजले ३७ किलोमिटरपछि दौड त्याग गरेको नेपाल एथ्लेटिक्स सघका महासचिव सुनिल राजवंशीले लण्डनबाट पहिलोपोस्टलाई बताए।