PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

भरतपुरमा रेणुले मेयरको शपथ लिइन्, एमालेबाट निर्वाचित प्रतिनिधिहरुले गरे बहिस्कार



राजेन्द्र आचार्य

भरतपुरमा रेणुले मेयरको शपथ लिइन्, एमालेबाट निर्वाचित प्रतिनिधिहरुले गरे बहिस्कार
रासस

चितवन : भरतपुर महानगरपालिकाका नवनिर्वाचित मेयर रेणु दाहालसहित १ सय ४५ जनप्रतिनिधिले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्। एमालेको तर्फबाट विजयी भएका उम्मेदवारहरु सपथ गर्न आएनन्। उनीहरुले आजको कार्यक्रम बहिष्कार गरेको र भोलि मात्रै मुख्य निर्वाचन कार्यालयको परिसरमा सपथ लिने जनाएका छन्। 

जिल्ला समन्वय समिति चितवनको सभा हलमा एक भव्य समारोहका बीच प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले नवनिर्वाचित मेयर, उपमेयरसहित २७ वडाका अध्यक्षसहित १ सय ४५ जनप्रतिनिधिले पद तथा गोपनीयताको सपथ खाएका हुन्। 

सपथ ग्रहण लगतै मेयर रेणु दाहालले आजै पदभार ग्रहण गरेकी छन्।  वडा नम्बर ४ र ७ मा मतपरिणामको विषयलाई लिएर मुद्दा चलिरहेकोले २ जना वडा अध्यक्षले भने सपथ लिन नपाएको सहायक निर्वाचन अधिकृत गम्भीरकान्त घिमिरेले जानकारी दिए।
 
पद तथा गोपनियताको सपथ लिएसँगै मेयर रेणुले महानगरलाई समृद्ध र स्मार्ट सिटीको रुपमा विकास गर्न एकीकृत गुरु योजनासहित अगाडि बढ्ने बताइन्।
 
नेपालकै महानगरहरु मध्येको पहिलो महिला मेयर समेत बनेकी रेणुले आफू निर्वाचित भएसँगै महिलाले कार्यकारी पद लिएको महानगर भएको भन्दै अरुलाई पनि प्रेरणायोग्य र नमूना काम गर्ने दावी गरिन् ।

उनले मेयर र उपमेयर दुवैमा महिला विजयी भएकोले महिलासँग सम्बन्धित काम नै आफ्नो पहिलो काम हुने बताइन्।

महानगरका २९ वडा मध्ये नेकपा एमालेले १४, नेपाली कांग्रेसले १२ र माओवादी केन्द्रले ३ स्थानमा विजय हासिल गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell