PahiloPost

Jun 10, 2026 | २७ जेठ २०८३

यस्तो गरिन् मेयरको कुर्सीबाट रेणुले पहिलो निर्णय



राजेन्द्र आचार्य

यस्तो गरिन् मेयरको कुर्सीबाट रेणुले पहिलो निर्णय

चितवन : भरतपुर महानगरपालिकाको मेयर पदमा पदबहाली भएपछि रेणु दाहालले महिला बिरामीलाई बहिरंग बिरामी दर्ता निःशुल्क गर्ने पहिलो निर्णय गरेकी छन्।

आर्थिक अभावले उपचारमा प्रतिकूल प्रभाव नपरोस् भन्दै भरतपुर महानगरपालिकाको आन्तरिक स्रोतबाट बेहोर्ने गरी वार्षिक ५९ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको मेयर रेणु दाहालले बताइन्। यो निःशुल्क सेवा भरतपुर अस्पतालबाट पाइनेछ।

भरतपुर अस्पतालमा वार्षिक १ लाख ९८ हजार जनाले बहिरंग सेवा लिने गरेको अनुमान छ। सो अस्पतालले बहिरंग बिरामी दर्ता ३० रुपैयाँ लिने गर्छ।

'हामी जनताको पक्षमा काम गर्न आतुर छौँ', उनले भनिन्, 'यो पहिलो निर्णय हो, हामी अझै बढी लोकप्रिय काम गर्नेछौं।'

उपमेयर पार्वती शाहले पदभार ग्रहण गरेपछि मातृ शिशु खोप विस्तार गर्ने पहिलो निर्णय गरेकी छन्। पहुँच नपुगेका गर्भवती महिला तथा शिशु बालबालिकालाई बीसीजी, डीपीटी, पोलियो विरुद्धका खोप, दादुरा रुवेला लगायत विभिन्न रोग विरुद्धको खोपहरुको विस्तार गर्ने गरी निर्णय भएको शाहले बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell