
कालीकोट : कालीकोटको खाँडाचक्र नगरपालिका– ६ दाहाँमा सडक मर्मत गरेर फर्किने क्रममा स्काभेटर दुर्घटना हुँदा दुईजनको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।
दुर्घटनामा सुर्खेत छिन्चुका चालक ३२ वर्षीय तुलाराम धौलाकोटी र खांडाचक्र नगरपालिका– ६ का ६० वर्षीय विष्णु शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रास्कोट नगरपालिका– ६ का छत्रबहादुर बम घाइते भएका छन्।
घाइते बमलाई नेपाली सेनाको हेलिकप्टरमा कोहलपुर मेडिकल कलेज, नेपालगन्ज पठाएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले जानकारी दिए। रासस