PahiloPost

Jun 24, 2025 | १० असार २०८२

संविधानको मर्मअनुरुप निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको आग्रह



पहिलोपोस्ट

संविधानको मर्मअनुरुप निर्वाचन क्षेत्र निर्धारण गर्न एमालेको आग्रह

काठमाडौँ: नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारणको काम अघि बढिरहेको सन्दर्भमा जनसंख्या, भौगोलिक अनुकूलता र विशिष्टता सन्तुलितरुपमा प्रतिबिम्वित हुने गरी क्षेत्र निर्धारण गर्न आग्रह गरेको छ।

आइतबारको स्थायी समिति बैठकले कुनै पनि प्रकारको दबाबमा नपरी नेपालको संविधानको व्यवस्था, मर्म र भावनाअनुरुप स्वतन्त्ररुपमा काम गर्न निर्वाचन क्षेत्र निर्धारण आयोगलाई आग्रह गरेको हो।

साथै, बैठकले आयोगलाई संविधानको व्यवस्थाअनुरुप स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न सक्ने वातावरण कायम राख्न नेपाल सरकारसँग समेत माग गरेको छ। त्यसैगरी, बैठकले जिल्ला समन्वय समितिको निर्वाचनमा धनकुटाको प्रमुखमा टंकबहादुर चौहान र उपप्रमुखमा बंगलाकुमारी राई (वान्तवा)लाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बैठकले मोरङ जिसस प्रमुखमा नरेश पोखरेल र गुल्मी जिसस प्रमुखमा लक्ष्मण पराजुली र उपप्रमुखमा तुलसा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गर्नुका साथै प्रदेश नं ५ संगठन कमिटीको सदस्यमा गिरिराज केसी (दाङ) र कृष्ण पोखरेल (रुपन्देही) लाई मनोनयन गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell