PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

मोरङमा करेन्ट लागेर एकको मृत्यु



पहिलोपोस्ट

मोरङमा करेन्ट लागेर एकको मृत्यु

उर्लाबारी: मोरङको सुन्दरहरैचा नगरपलिका–४ बाँसबारीमा गए राति करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही ठाउँका मोहन गुरुङको घरमा डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–१ का ४० वर्षीय प्रकाश थापा रहेका छन्। राति ११ बजे सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा थापालाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell