PahiloPost

Jun 24, 2025 | १० असार २०८२

टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते



पहिलोपोस्ट

टिपरले ठक्कर दिँदा एकको मृत्यु, तीन घाइते

मलेखु: पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा टिपरले पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्।

बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको ना४ख ३१०५ नंको टिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरी उपरीक्षक शरद खत्रीले बताए।

दुर्घटनामा धुनीबेसी नगरपालिका–९ का १८ वर्षीय अजय तामाङको मृत्यु भएको छ। घाइते तीन जनालाई उपचारका लागि काठमाडौँ वीर अस्पताल पठाइएको छ। टिपर चालकलाई प्रहरीले पक्राउ गरेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell