PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

इजरायलले अलजजीरा टेलिभिजनको कार्यालय बन्द गर्ने



रासस

इजरायलले अलजजीरा टेलिभिजनको कार्यालय बन्द गर्ने
फोटो श्रोतः ndtv.com

इजरायल : इजरायलले आफ्नो देशमा रहेका अलजजीरा टेलिभिजनका  सम्पूर्ण कार्यालय बन्द गर्ने भएको छ। 

इजरायली प्रधानमन्त्री वेन्जामिन नेतन्याहुले अरब क्षेत्रको सेटलाइट प्रविधिबाट समाचार प्रशारण गर्ने सञ्चारमाध्यम अलजजीराले अनावश्यक बिषयमा उत्तेजना फैलाउने कार्य गरेको आरोप लगाउँदै उक्त संस्थामाथि शङ्का व्यक्त गरेलगत्तै यहुदी मुलुकले कार्यालय बन्द गर्ने भएको हो। 

इजरायली सुचना तथा सञ्चार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा इजरायलले उक्त च्यानलले प्रशारण गरेको उत्तेजक समाचार सामग्रीका बिषयलाई तुरुन्त खण्डन गर्न माग गर्ने साथै यस च्यानलको केबल तथा सेटलाइट प्रशारणलाई काटिदिने बताइएको छ। रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell