PahiloPost

Jun 24, 2025 | १० असार २०८२

चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनल कम्युनिटी शिल्ड च्याम्पियन



पहिलोपोस्ट

चेल्सीलाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनल कम्युनिटी शिल्ड च्याम्पियन

इंगलिस कम्युनिटी शिल्डको उपाधि आर्सनलले जितेको छ। आइतबार वेम्लीमा भएको खेलमा एफए कप विजेता आर्सनलले प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पेनाल्टीसुटआउटमा ३-१ ले हराउँदै उपाधि जितेको हो।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टी सुटआउटबाट भएको हो। पेड्रो रोड्रग्वेजले सिधै रातो कार्डको सामना गरेपछि चेल्सीले खेलको अन्तिम दश मिनेट १० खेलाडीमा झरेर खेलेको थियो।

पेनाल्टीमा आर्सनलका लागि थियो वाल्कोट, नाचो मोनरेल, एलेक्स ओलेड च्याम्बरलेन र ओलिभर जिरुडले गोल गरे भने चेल्सीका लागि ग्यारी काहिलले मात्र गोल गरे। चेल्सीका गोलरक्षक थिबाउट कोर्टियस र अल्भारो मवराटाले भने गोल गर्न सकेनन्।

त्यसअघि ४६औं मिनेटमा भिक्टोर मवसेसले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर ८०औ मिनेटमा पेड्रोले राता कार्ड पाएपछि चेल्सी दश खेलाडीमा झर्यो र यसैको फाइदामा सिद कोलानासिकले ८२औं मिनेटमा आर्सनलका लागि बराबरी गोल फर्काए।

नयाँ सिजनको प्रिमियर लागि सुरु हुनुअघि प्रिमियर लिग र एफएकपको विजेताबीच कम्युनिटी शिल्डमा प्रतिस्पर्धा हुनेछ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell