PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

भेनेजुएलाको भलेन्सिया सैनिक अखडामा ‘आतङ्कवादी’ आक्रमण



रासस

भेनेजुएलाको भलेन्सिया सैनिक अखडामा ‘आतङ्कवादी’ आक्रमण
फोटो श्रोतः aljazeera.com

भेनेजुयाला : भेनेजुएलाका अधिकारीहरुले भेलेन्सिया सहरस्थित एउटा सैनिक अखडामा गरिएको आक्रमणलाई आतङ्ककारी आक्रमण जनाउदै यसलाई विफल तुल्याइएको बताएका छन्। भेलेन्सिया सहर भनेजुयलाको उत्तर–पश्चिमी राज्य काराबोबोमा पर्छ। 

सत्तारुढ युनाइटेड सोसियालिस्ट पार्टीका नेता डिओसडाडा सावेलाले आक्रमणमा संलग्न भएका लडाकूहरुलाई ‘भाडाका आतंकवादी’ भनेका छन्।

घटनापछि कैयौँलाई गिरफ्तार गरिएको पनि उनले पुष्टि गरेका छन्। अहिले अवस्था पूर्णतया नियन्त्रणमा आइसकोको नेता सावेलाले बताए। 

उनले आन्तरिक सुरक्षाको प्रत्याभूत गराउन र सम्भावित थप आक्रमणलाई मध्यनजर राख्दै उक्त क्षेत्रमा सेना परिचालन गरिएको बताए। 

त्यसैगरी विदेशमन्त्री भ्लादिमिर प्याड्रिनोले आतङ्ककारीद्वारा आक्रमण प्रयास गरेको जनाउदै सेनाले अवस्थालाई तत्कालै नियन्त्रणमा ल्याएको जनाएका छन्।
सामाजिक सञ्जालमा राखिएको एउटा भिडियोमा सेनाको पोशाकमा देखिएका मानिसहरुको समूहले भेनेजुएलामा प्रजातन्त्र बहालीका लागि आन्दोलन सुरु गर्न लागेको बताएको छ। 

उक्त समूहले आफू ४१औं ब्रिगेड भएको बताएको छ। समूहका नेताले भनेका छन्, ‘यो कुनै कू होइन, यो त देशमा संवैधानिक व्यवस्था फर्काउनका निम्ति सैनिक र नागरिकद्वारा चालिएको कदम हो ।’ 

तर स्थानीय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालले भने सैन्य अखडामा भएको आक्रमणलाई सेनाको राष्ट्रपति निकोलस मादुराको सरकारविरुद्ध गरिएको विद्रोहको प्रयास भनेका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell