PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

तराईमा आज रक्षाबन्धन, २० लाखको राखी बिक्री



राधेश्याम पटेल

तराईमा आज रक्षाबन्धन, २० लाखको राखी बिक्री

वीरगन्जः प्रेम स्नेहको पर्वको रुपमा चिनिने रक्षाबन्धन आज तराईमा मनाइँदैछ। दिदी–बहिनीले दाजुभाईलाई रक्षाको सुत्र बाधेर आशिष लिई पर्व मनाउने गरिन्छ। हिमाली र पहाडी भू–भागमा भने यो वर्ष नागपञ्चमीका दिन नै रक्षाबन्धन गरिएको छ। रक्षाबन्धनका दिन चन्द्रग्रहण लाग्ने भएपछि नागपञ्चमीमा नै जनै फेर्ने र रक्षाबन्धन गरिएको थियो। 

तर, तराई मधेसमा मंगलवार नै रक्षाबन्धन मनाइएको हो। मंगलवार बिहान १० बजेदेदि देखि दिउँसो २ बजेसम्म रक्षाबन्धन गर्नेे उत्तम साइत रहेको पुरोहितहरुले बताएका छन्। पर्साका पुरोहित श्रीनन्दन मिश्रका अनुसार बिहान १० बजेभन्दा पहिले भाद्रा छ। र मंगलवार राति ११ बजेदेखि चन्द्रग्रहण लाग्ने भएकोले त्यसको ९ घण्टा पहिले सुतक लाग्ने भएकाले २ बजेसम्म रक्षाबन्धन गर्न सकिने उनले बताए।

२० लाखको राखी बिक्री

वीरगन्जमा यस वर्षको रक्षबन्धनमा २० लाख रुपैयाँको राखी बिक्री हुने अनुमान गरिएको छ। तीन दिनको अवधिमा एउटा पसलले पाँच हजारदेखि ३० हजार रुपैयाँसम्मको कारोबार हुने गरेको व्यापारी राजकुमार साहले बताए। वीरगन्जमा ५ रुपैयाँदेखि चारसय रुपैयाँसम्मको राखी बिक्री भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell