PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

काठमाडौँ महानगरपालिकाको बजेट: गाडी किन्न ७ करोड, तलवभत्तामा ८० करोड विनियोजन



पहिलोपोस्ट

काठमाडौँ महानगरपालिकाको बजेट: गाडी किन्न ७ करोड, तलवभत्तामा ८० करोड विनियोजन

काठमाडौँ: महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि कूल १२ अर्व ८७ करोड रूपैयाँ बजेट छुट्याएको छ। जसमा गाडी खरिद शीर्षकमा ७ करोड रूपैयाँ विनियोजन गरिएको छ। मेयर उपमेयर र कार्यालय प्रयोजनका लागि गाडी खरिद गर्ने गरी बजेट विनियोजन गरिएको हो।  

महानगरले नवनिर्वाचित जनप्रतिनिधिलाई तलव–भत्ता, ड्रेस लगायतका लागि झण्डै ६ करोड रुपैयाँ छुट्याएको छ। तलव र भत्ता सुविधाका लागि दुइ करोड १५ लाख छ भने परिवहन र विविधमा तीन करोड, टेलिफोन सुविधाका लागि १५ लाख, जनप्रतिनिधिको स्वास्थ्य उपचारका लागि २० लाख रूपैयाँ विनियोजन गरेको छ।

यो बर्ष महानगरले महानगरका कर्मचारीको तलव सुविधाका लागि मात्र ८० करोड विनियोजन गरेको छ। भौतिक पुर्वाधार विकासका लागि ८ अर्व ९८ करोड रूपैयाँ विनियोजन गरेको बजेटमा उल्लेख छ।

थप विजमाण्डुमा पढ्नुहोस्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell