PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी



रासस

जिसस कञ्चनपुरमा एमालेको प्यानल विजयी

कञ्चनपुर : जिल्ला समन्वय समिति कञ्चनपुरमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ। 

समन्वय समितिको प्रमुख र उपप्रमुखसहित सदस्यमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। अन्य दलको उम्मेदवारी नपरेपछि एमालेका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको हो। 

समन्वय समितिको प्रमुखमा फैरु तामाङ र उपप्रमुखमा सानुकुमारी बुढाथापा निर्विरोध निर्वाचित छन्। समन्वय समितिको सदस्यमा ठिट्ठा राना, बलराम पन्त, लक्ष्मण राना, सुन्नरी कडारा, इकरानी राना, गुड्डी नेपाली र सीता भण्डारी निर्वाचित भएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell