PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मोरङका आधा दर्जन छोटी भन्सार बन्द



रासस

मोरङका आधा दर्जन छोटी भन्सार बन्द

मोरङ : द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार कार्यालय सञ्चालन हुन सकेका छैनन्। 

छोटी भन्सार सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँको राजश्व खेर गइरहेको छ। अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो। तत्कालीन माओवादीले २०५१ सालमा यता २०६० सालसम्म बम विस्फोट गराएर वा त्रासका बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन सकेका छैनन्। 

मोरङको मधुमल्ला, झुर्किया, नोचा, बरडंगा, कदमाहा, र मझारेका छोटी भन्सार बन्द छन्। मोरङका ६ वटा भन्सार कार्यालयको काम सञ्चालन नहुँदा राजश्व खेर गइरहेको छ।

विराटनगर भन्सार कार्यालय विराटनगरका निमित्त प्रमुख दिलीप केसीका अनुसार भारतीय प्रहरीले नाकामा कडाइ गरेकाले सो क्षेत्रको बाटो हुँदै भारतबाट सामान आयात नहुने भएकाले छोटी भन्सार सञ्चालन नगरिएको हो। बन्द भएका छोटी भन्सारले वार्षिक कति राजश्व असुली गर्थे भन्ने तथ्याङ्क छैन। 

बन्द भएका छोटी भन्सार कार्यालय पुनः स्थापना नहुँदा सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसार पसारमा वृद्धि हुँदै गएको स्थानीय सम्पत्तिलाल राजवंशीको भनाइ छ। उनका अनुसार छोटी भन्सार सञ्चालन नहँुदा चोरी तस्करीले राजश्व गुमिरहेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell