PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

उपेन्द्र यादवको दाबीः राजपाले निर्वाचनमा भाग लिन्छ



रासस

उपेन्द्र यादवको दाबीः राजपाले निर्वाचनमा भाग लिन्छ

पाँचथर :  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय जनता पार्टीले अब प्रदेश नम्बर २ मा हुने निर्वाचनमा भाग लिने दाबी गरेका छन्।

पाँचथरको फिदिममा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष यादवले निर्वाचनमा भाग लिनु नै राजपाका लागि जित हुने बताए।
उनले भने,‘ जित्ने हार्ने भन्दा पनि चुनावमा भाग लिनु नै राजपाका लागि जित हो।’ 

अध्यक्ष यादवले प्रादेशिक संरचनामा अहिलेको ७ वटा प्रदेशले शान्ति र स्थिरता कायम गर्न नसक्ने बताए। अब छुटेका विषयलाई संशोधनको माध्यमबाट सम्बोधन गर्नुपर्नेमा उनको भनाइ थियो। 

अध्यक्ष यादवले नयाँ शक्ति पाटीसँग एकीकरण गर्ने प्रयास जारी नै रहेको र निकट भविष्यमा दुई पार्टीबीच एकता हुने सम्भावना औंल्याए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell