PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

टेलरमेड टुर च्याम्पियनसिप गल्फमा तेस्रो भइन् नेपाली गल्फर प्रतिमा



पहिलोपोस्ट

टेलरमेड टुर च्याम्पियनसिप गल्फमा तेस्रो भइन् नेपाली गल्फर प्रतिमा
नेपाली गल्फर प्रतिमा बायँबाट पहिलो, फोटो : मेरेडी बनेसनको फेसबुकबाट

काठमाडौं : वैदेशिक प्रशिक्षण र इन्टरनेशनल प्रतियोगिता खेल्नका लागि हाल अमेरिकामा रहेकी नेपाली महिला गल्फर प्रतिमा शेर्पा अन्तिम प्रतियोगिता तेस्रो भएकी छिन्।

अमेरिकाको क्यालिफोर्नियास्थित सोल पार्क गल्फ क्लबमा शनिबार र आइतबार भएको टेलरमेड टुर च्याम्पियनसिप गल्फमा नेपालकी नम्वर वान लेडी गल्फर प्रतिमा तेस्रो भएकी हुन्।

शनिबारको पहिलो चरणको खेलमा पहिलो स्थानमा रहेकी प्रतिमा दोस्रो दिनको खेलपछि समग्रमा तेस्रो स्थानमा रहेकी हुन्। उनले दुई दिनमा कूल ५ ओभर १४९ स्कोर गरिन्।

यसअघि खेलेका प्रतियोगिता मध्ये प्रतिमाले फाउण्डर्स कपको उपाधि जितेकी थिइन् भने नर्थ रान्च क्लासिक र त्यसअघि भएको ५०औं टिटलिस्ट म्याच प्ले च्याम्पियनसिपमा आठौँ भएकी थिइन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell