PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

कञ्चनपुरको कलुवापुरमा दुग्ध चिस्यान केन्द्र स्थापना, किसानलाई सहज



रासस

कञ्चनपुरको कलुवापुरमा दुग्ध चिस्यान केन्द्र स्थापना, किसानलाई सहज

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको छ। 

क्षेत्रीय पशु निर्देशनालय दिपायलको तीन लाख अनुदान र सुनवोरा कृषि सहकारी संस्थाको चार लाख रुपैयाँको लागतमा दुग्ध चिस्यान केन्द्र स्थापना गरिएको हो। 

सहकारीले सञ्चालनमा ल्याएको केन्द्रले दैनिक एक हजार लिटर दूध चिस्यान केन्द्रमा भण्डार गरी आवश्यक भएका क्षेत्रमा आपूर्ति गर्छ। चिस्यान केन्द्रमा ३० दिनसम्म दूध भण्डार गर्ने क्षमता रहेको सहकारीका अध्यक्ष हरेन्द्र भण्डारीले बताए। 

सहकारीले दूधको उत्पादन बढेमा अर्को वर्षदेखि चिस्यान केन्द्रको क्षमता बढाइ दुई हजार लिटर पुर्याउने लक्ष्य राखेको छ। बजारमा दूधको आपूर्ति सहज बनाउन, दुग्ध उत्पादनमा लागेका किसानलाई उचित मूल्य प्रदान गर्न र पशुपालनतर्फ किसानको आकर्षण बढाइ नगरपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर बनाउन केन्द्रले सघाउ पुग्ने उनको भनाइ छ। 

सहकारीमा आबद्ध दुग्ध उत्पादनमा लागेका ६० किसानका गाईभैँसीको निःशुल्क बीमा गराउने व्यवस्थासमेत गरिएको छ। नगरपालिकामा दैनिक दुई हजार लिटर बढी दूध उत्पादन हुने गरेको छ। उत्पादन भएको दूधमध्ये आधाले मात्रै बजार पाउने गरको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell