PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

उत्तर कोरियाले भन्यो– अमेरिकी नाकाबन्दीले वार्ताको सम्भावना  टर्‍यो



रासस

उत्तर कोरियाले भन्यो– अमेरिकी नाकाबन्दीले वार्ताको सम्भावना  टर्‍यो
फोटो श्रोतः vice.com

सोल : उत्तर कोरियाले संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन् टरेको बताएको छ।

उसले एकपक्षीय रुपमा अमेरिकाले आफ्नो देशमाथि नाकाबन्दी लगाएको भन्दै कडा शब्दमा त्यसको विरोध गरेको छ। आफ्नो देशको सार्वभौमिकताको अपमान गरेको उत्तरले जनाएको छ। 

उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ। गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण जारी राखेको छ। 

यो पछिल्लो नाकाबन्दीले उत्तर कोरियाको अर्थतन्त्रमा पनि नराम्रो असर पर्ने जनाइएको छ। तर उसले भने उत्तर कोरियालाई अमेरिकाको यो नाकाबन्दीले कुनै असर नपर्ने बरु देशलाई आत्मनिर्भर हुन सघाउ पुर्याउने जनाएको छ। 

संयुक्त राष्ट्रसंघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानूनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएको भएपनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन।रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell