PahiloPost

May 2, 2026 | १९ बैशाख २०८३

फिल्म प्रचारको लागि देश दौडाहा, ग्याङस्टर ब्लूज पनि त्यही बाटोमा



पहिलोपोस्ट

फिल्म प्रचारको लागि देश दौडाहा, ग्याङस्टर ब्लूज पनि त्यही बाटोमा

फिल्म ‘ग्याङस्टर ब्लूज’ टिम प्रचारमा जुटेको छ। फिल्मको निर्माण युनिट, लिड कलाकार तथा सांगितिक टिम सहित देश दौडाहामा निस्किएको हो। आउँदो भदौ २ बाट प्रदर्शन हुने फिल्मको प्रचारका लागि मोफसलका मुख्य शहर पोखरा, बुटवल, चितवन र हेटौंडामा युनिटले कार्यक्रम आयोजना गर्ने बताएको थियो। युनिटको पहिलो कार्यक्रम पोखरामा सम्पन्न भएको छ।



शनिबार र आईतबार पोखराका विभिन्न ठाउँमा ‘स्ट्रिट कन्सर्ट’ सहित प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको हो। संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा अनि गायिका वाणिमा प्रधानले प्रस्तुती दिए। त्यस्तै लिड अभिनेता आशिरमान देशराज जोशी, संयम पुरी, अभिनेत्री आना शर्मा र रोजिशा शाहीले पनि साथ दिए।



युनिट आईतबार पोखरा आसपासका जनमैत्री, ला ग्राण्डी ईन्टरनेशनल क्याम्पस, जेएमसी लगायतका कलेजहरुमा पुगेको हो। कार्यक्रममा फिल्म युनिटले क्विज कन्टेस्ट पनि सम्पन्न गरेको छ । फिल्मसँग सम्बन्धित रहेर गरिएका प्रश्नको सहि उत्तर दिने मध्येबाट पोखरामा भदौ १ गते हुने प्रिमियरको लागि सातजनाले टिकट पाए।



आईतबारको पोखरा कार्यक्रम सकाएर फिल्म टिम बुटवल पुगेको छ। सोमबार तथा मंगलबार बुटवलमा कार्यक्रमपछि बुधबार ‘ग्याङ्गस्टर’ टिम चितवनका कार्यक्रममा सहभागी हुनेछ। त्यसपश्चात शुक्रबार र शनिबार हेटौंडामा हुने प्रचारात्मक कार्यक्रम तथा कन्सर्टमा कलाकार सहितको टिम उपस्थित हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell