PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

प्रदेश नम्बर २ मा पनि एमाले पहिलोः खनाल



रासस

प्रदेश नम्बर २ मा पनि एमाले पहिलोः खनाल

झापा : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुक अहिले निर्वाचन वर्षको रुपमा अघि बढिरहेको बताएका छन्। 

झापाको बिर्तामोडमा पत्रकार भेटघाटमा खनालले संविधान कार्यान्वयनको महत्वपूर्ण कामलाई पूर्णता दिन मुलुक निर्वाचनमय भएको बताए।

उनले स्थानीय तहको दुबै चरणको निर्वाचनमा एमाले पहिलो भएको र तेस्रो चरणमा पनि पहिलो नै हुने दाबी गरे।

दुई नम्बर प्रदेशमा तेस्रो चरणमा हुने निर्वाचनमा पनि एमालेको पक्षमा जनलहर बढ्दै गएको भन्दै खनालले त्यहाँ पनि एमाले पहिलो शक्ति बन्ने र एमालेको विजयी यात्रालाई कसैले छेक्न नसक्ने बताए।

निर्वाचन हुन नदिन विभिन्न किसिमको षड्यन्त्र भइरहेको बताउँदै खनालले त्यस्तो षड्यन्त्र सफल हुन नदिने प्रष्ट पारे । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell