PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

मर्यादाक्रम मिलाएर कर्मचारी खटाइन्छः सामान्य प्रशासनमन्त्री बस्नेत



रासस

मर्यादाक्रम मिलाएर कर्मचारी खटाइन्छः सामान्य प्रशासनमन्त्री बस्नेत

काठमाडौँ : सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मर्यादाक्रम मिलाएर नै स्थानीय तहमा कर्मचारी खटाइने बताएका छन्। 

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा मन्त्री बस्नेतले अहिले कतिपय कर्मचारी मर्यादाक्रम नमिलेर जान नमानेकाले अन्तरिम व्यवस्था गरेर त्यस्ता कर्मचारीलाई मर्यादाक्रम मिलाएर पठाइने जानकारी दिए। 


‘कर्मचारीलाई करकापमा पठाइँदैन। उनीहरुको भावनाअनुसार नै सुविधा दिएर पठाउँछौँ’, मन्त्री बस्नेतले भने,‘कर्मचारीको भावनाअनुसार नै कर्मचारी समायोजन हुनेछ।’

गरिखाने र बसीखाने कर्मचारीलाई छुट्याउन कर्मचारीतन्त्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै मन्त्री बस्नेतले काम नै नगरी सरकारको तलब खाई जनता ठग्ने कर्मचारीलाई तह लगाउन प्रयास गर्ने बताए।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell