PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले लिए आज शपथ 



रासस

चितवन : भरतपुर महानगरपालिकाका एमालेकातर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथग्रहण गरेका छन्। 

हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन्। 

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेकातर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका छन्।

वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख रेणु दाहालसँग शपथग्रहण गरेका हुन्। 

भरतपुर महानगरपालिका वडा नं ४ र ७ का निर्वाचित दुईजना वडा अध्यक्षले भने शपथग्रहण गर्न नपाउने भएका हुन्। उनीहरु दुबैजना एमालेकातर्फबाट निर्वाचित भएका थिए। 

दुई वडाका पराजित वडा अध्यक्षले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए।

जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु नगराउनु भनि विपक्षीका नाममा आदेश दिएको थियो। 

हिजो नेपाली काँग्रेस र माओवादी केन्द्रकातर्फबाट विजयी प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथग्रहण गरेका थिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell