PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

विदेशिएको नेपालीको कथा 'उल्झन'मा



पहिलोपोस्ट

विदेशिएको नेपालीको कथा 'उल्झन'मा

काठमाडौं: फिल्म ‘उल्झन’को शुभ मुर्हुत भएको छ। राजु अधिकारी निर्देशित फिल्मको सोमबार कार्यक्रम आयोजना गरी शुभ मुर्हुत गरिएको हो। फिल्मलाई आशुतोष फिल्मसले प्रस्तुत गर्दैछ।

विदेशमा नेपाली युवाले पाउने पिडा र दु:खका कथा फिल्मको मुख्य विषय रहेको बताइएको छ। जसमा उसले स्वदेश फर्किएपछि भोग्नु पर्ने अवस्था पनि देखाइने छ। फिल्ममा ध्रुव दत्त, रजनी के.सी, रामचन्द्र अधिकारी, ऐनी विष्ट, बेनी ढुङगाना, दीपक ढकाल लगायतका कलाकारको अभिनय रहने छ ।

सन्तोष अधिकारी र हरि कार्कीले संयुक्त रुपमा निर्माण गर्ने फिल्म ‘उल्झन’मा हिरामणि न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्वन्द्ध, शिव वि.क.को नृत्य रहने छ। फिल्मलाई लक्ष्मण घिमिरेले खिच्दै छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell