PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

कारको ठक्करबाट इनरुवमा पैदलयात्रीको मृत्यु



रासस

कारको ठक्करबाट इनरुवमा पैदलयात्रीको मृत्यु

इटहरी : सुनसरीको इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग खण्डमा रहेको पेट्रोल पम्प अगाडि कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज दिउसो को१च ९४३२ नम्बरको कारको ठक्करबाट सुनसरी भुटाहाका ७० वर्षीय जालिम मियाँको मृत्यु भएको हो। 

कारको ठक्करबाट गम्भीर घाइते भएका मियाँको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell