PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

अपराधीको ध्यान अवोधको अपहरणमा : इजी टार्गेट, डिफिकल्ट टू रेस्क्यू



सविन ढकाल

अपराधीको ध्यान अवोधको अपहरणमा : इजी टार्गेट, डिफिकल्ट टू रेस्क्यू
फोटो : http://www.livelaw.in

काठमाडौं : घटना १ - साउन १२ गते क्षेत्रपाटीमा रहेको शान्ति शिक्षा माध्यमिक विद्यालयमा अध्ययनरत बालक विशाल चौधरीको अपहरण भयो। अपहरण भएको ५ दिनपछि प्रहरी बालकलाई काठमाडौंको काडाँघारीबाट सकुशल उद्धार गर्ने सफल भयो। 

बालक अपहरण अभियोगमा विशालका बाबु विजयका साथी राजु विकसहित दुई जना अहिले प्रहरीको 'खोर'मा छन्। ५० लाख रुपैयाँ फिरौती रकमका लागि बालक अपहरण गरेको प्रहरीले निष्कर्ष निकालेको छ।

***
घटना २ - गत जेठ १५ गते सर्लाहीको बरहथवा नगपालिका–६ बस्ने व्यापारी रामपुकार यादवका ७ वर्षीय छोरा राकेश कुमार यादवको पनि अपहरण भयो। यो अपहरणको उद्देश्य पनि फिरौती रकमकै लागि थियो। 

अपहरणकारीको योजना सफल हुन नपाउँदै अपहरणकारी प्रहरीको पन्जामा परे। प्रहरीले जेठ २३ गते राति भारतको सीतामढी जिल्ला घोडासनमा रहेको रेल-वे ट्र्याकबाट बालकलाई सकुशल उद्धार गर्‍यो। 

अपहरणको आरोपमा रौतहटको गढीमाई गाउँपालिका–१ का २२ वर्षीय अशोक यादव, १८ वर्षीय विक्की यादव र रौतहटको देवाही गुनाह गाउँपालिका–३ का ३३ वर्षीय मोहन साह पक्राउ परे। 
***
बढ्दो अपहरण र फिरौतीका सतहमा आएका यी दुई घटनामात्र हुन्। प्रहरीका अनुसार बढ्दैछ अपहरणका घटना। प्रहरीको तथ्याङ्क बोल्छ - हरेक वर्ष बालबालिका अपहरणका घटनाले उचाई छोइरहेको छ। 

एकै वर्षमा दोब्बर अपहरण 

आर्थिक वर्ष २०७२/७३ को तुलानमा गत आर्थिक वर्षमा बालबालिका अपहरणको सङ्ख्या दोब्बरले वृद्धि भएको छ। आर्थिक वर्ष २०७२/७३ मा देशभरबाट ११ जना बालबालिकाको अपहरण भएको थियो। आर्थिक वर्ष २०७३/७४ मा यो सङख्या २२ पुग्यो। तीन वर्षको अवधिमा देशभरबाट ५१ जना बालबालिकाको अपहरण भए।
 
'परिवारमा अभिभावकले बच्चाकै लागि दिनरात मेहनत गरेको हुन्छन्,' नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी भन्छन्, 'त्यसैले अपहरण गरे सजिलै फिरौती पाउने लोभमा अपहरण गर्छन्।'

मल्लले भने झै प्रहरीको अनुसन्धानले खुलेको तथ्य पनि उही हो - फिरौती रकम सहजै फुत्काउनका लागि को लागि बालबालिका टार्गेटेड हुने गर्छन्।
 
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्य अपहरणकारीले 'इजी टार्गेट' हेरेर अपहरण गर्ने गरेको बताउँछन्। 

इजी किड्न्यापिङ डिफिकल्ट रेस्क्यु

अपहरणमा परेका बालबालिकाको सकुशल उद्धार गर्न सफल भएको दावी प्रहरीले गर्छ। तर, उद्दार सहज छैन, समय लाग्छ।

अमात्य भन्छन्, 'प्रहरी उद्धार गर्न सफल भएको छ। अपहरणकारीको पत्ता लागे पनि बालबालिकालाई सुरक्षित उद्धार गर्नु परेकाले समय बढी लाग्ने गरेको छ।'

तीन वर्षको तथ्याङक हेर्ने हो भने अपहरणमा सबैभन्दा धेरै मध्यमाञ्चलबाट भएको पाइन्छ। मध्यमाञ्चलबाट १८ जना बालबालिकाको अपहरित भएको प्रहरी तथ्याङ्कले देखाएको छ। मध्य र सुदूर पश्चिमाञ्चलमा भने विगत तीन वर्षदेखि कुनै पनि बालबालिका अपहरणमा नपरेको प्रहरीको दावी छ।

पूर्वाञ्चल र पश्चिमाञ्चलमा १४/१४ जना बालबालिका अपहरणमा परेका छन्। तीन वर्षमा उपत्यकाबाटमात्रै भने ६ जना बालबालिकाको अपहरण भएको छ। अपहरणमा पर्ने अधिकांश बालबालिका व्यापारिक परिवारका छन्। 
 

अपहरणको भयलाग्दो तस्बिर

आर्थिक वर्ष २०७३\७४ मा उपत्यका भित्रबाट १७ जना मानिस अपहरणमा परे। यसरी अपहरणमा पर्नेमध्येमा २ जना बालबालिका थिए। तीन वर्षको तथ्याङ्क हेर्दा उपत्यकाभित्रबाट समग्रतामा अपहरण हुनेको सङ्ख्या बढ्दै गएको छ। आर्थिक वर्ष २०७१\७२ मा देशभरमा ७० जनाको अपहरण हुँदा उपत्यका भित्रबाट ११ जना अपहरणमा परेका थिए। आर्थिक वर्ष २०७२\७३ मा देशभरमा अपहरणमा पर्नेको सङख्या ७० बाट बढेर ७७ पुगेको छ। उपत्यकाभित्र अपहणको सङख्या बढेर १६ पुगेको छ।

उपत्यकाभित्र ठूला व्यापारी हुने र फिरौती रकम सहजै उठ्ने भएकाले उपत्यकामा अपहरण बढी हुने पूर्वडिआइजी ठकुरी बताउँछन्। 

'यहाँ समाजमा एक र अर्काबीच त्यति जानकार हुँदैनन् र अपहरणकारीलाई पनि यसले सहज बनाइदिएको छ,' अपहरणको समाजशास्त्रलाई ठकुरीले व्याख्या गर्छन्।
 
आर्थिक  २०७३\७४मा देशभर ५७ जना अपहरणमा परे। देशभर अपहरणमा पर्नेको सङ्ख्यामा कमी भए पनि उपत्यकाबाट यसवर्ष १७ जना अपहरणमा परे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell