PahiloPost

Jun 24, 2025 | १० असार २०८२

फिल्म प्रचारको लर्कोमा 'संरक्षण' पनि, मधेस केन्द्रित दुई सम्मेलन सक्कियो



पहिलोपोस्ट

फिल्म प्रचारको लर्कोमा 'संरक्षण' पनि, मधेस केन्द्रित दुई सम्मेलन सक्कियो

फिल्म रिलिज मिति नजिकिदै गर्दा फिल्म युनिट प्रचार प्रसारमा तिब्र रुपमा लाग्नु सामान्य हो। तर हिजोआज फिल्म प्रचारको शैली फेरिएको छ। विशेषगरी सामाजिक सञ्जालको प्रयोग र दर्शकसँगको प्रत्यक्ष अन्तरक्रियालाई फिल्म युनिटले प्रचारको बलियो माध्यम बनाएको छ।

प्रेमगीत २ ले प्रदर्शनअघि मोफसलका ६ प्रमुख शहरमा सांगीतीक कन्सर्ट आयोजना गरेको थियो। फिल्म युनिटले उपत्यका भित्रपनि तीन भिन्ना भिन्नै कार्यक्रम आयोजना गरेर दर्शकसँग फिल्म हेर्न आग्रह गरेको थियो। अहिले देश दौडाहा र सांगीतीक कार्यक्रम प्रचारको बलियो माध्यम बनेको छ। फिल्म ग्याङस्टर ब्लूजले पनि सनिबारबाट देश दौडाहा सुरु गरेको हो। त्यस्तै फिल्म संरक्षण युनिटले पनि कलाकारसहितको युनिटको दौडाहालाई प्रचारको माध्यम बनाएको छ।

साउनको २७ गतेबाट प्रदर्शनमा आउने फिल्म संरक्षण युनिट नायिका मलिना जोशी , आशिष्मा नकर्मी लगायत प्रमुख कलाकार, निर्देशक पुर्णेन्दु झा र निर्माता नरेन्द्र महर्जन देश दौडाहामा निस्किएका हुन्। मोफसलको पहिलो पत्रकार सम्मेलन आइतबार बिराटनगरको हिमालय टाकिजमा भएको थियो। युनिटले आइतबारनै ईटहरीको आई सिनेमामा पनि पत्रकार सम्मेलनको आयोजना गर्यो। युनिटले पुर्वदेखि पश्चिमको मुख्य शहरहरुमा पत्रकार भेटघाट आयोजना गर्ने बताएको छ।

संरक्षणले जन आन्दोलन २०६२/६३ पछि सिर्जना भएको देशको सामाजिक, राजनीतिक अवस्थाको पृष्ठभूमिमा आधारित पोलिटिकल ड्रामा हो। जहाँ पहाडी, मधेशी र थारु समुदाय बिचको व्यावहारिक र मनोवैज्ञानिक द्वन्द्धलाई चित्रण गरिएको बताइएको छ। फिल्मको सेटिङ मधेस हो।

फिल्म एकसाथ देशभरका ७५ सिनेमा घरहरुबाट प्रदर्शनमा आउने निर्देशक पूर्णेन्दु झाले जानकारी दिए। फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, रमेश रंजन झा, मलिना जोशी, अशिष्मा नकर्मी, प्रमोद अगरहरी, कामेश्वर चौरसिया, कृष्ण सिंह, रमेश बुढाथोकी, निर शाह, श्वेता शाह, नन्दु श्रीवास्तव, निर्देश श्रीवास्तव, राज कटुवाल तथा सुशान्त श्रेष्ठको अभिनय रहेको छ। फिल्मको कथा रमेश रंजन झा र निर्देशक पुर्णेन्दु झाले लेखेका हुन्। डाक्टर कृष्ण हरि बराल, दर्मेंद्र प्रेमार्शी र रोशन जनकपुरीको शब्द रहेको फिल्मको गीतलाई प्रभेस मलिकले संगीत दिएका छन्। संरक्षणलाई पुरुषोत्तम प्रधानकले खिचेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell