PahiloPost

Jun 27, 2025 | १३ असार २०८२

कुसुन्तीमा प्रहरीको इन्काउन्टर, लागू औषध कारोबारी प्रवीण खत्रीको मृत्यु



सविन ढकाल

कुसुन्तीमा प्रहरीको इन्काउन्टर, लागू औषध कारोबारी प्रवीण खत्रीको मृत्यु
प्रतीकात्मक फोटो : youthkiawaaz.com

काठमाडौं : ललितपुर कुसुन्तीमा प्रहरीको इन्काउन्टरमा एक जना युवाको मृत्यु भएको छ। लागू औषध र हातहतियारको कारोबारमा संलग्न प्रवीण खत्रीको मृत्यु भएको महानगरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी दिनेश अमात्यले जानकारी दिए। 

'केही दिनदेखि खत्रीसँग लागू औषध र हतियार रहेको जानकारी आएकाले पिछा गर्ने क्रममा प्रहरी माथि गोली प्रहार गरेकाले आत्मरक्षाका लागि गोली चलाएको हो,' एसएसपी अमात्यले भने।

प्रहरीले पिछा गरेको थाहा पाएपछि खत्री दुवै हातमा रहेका पेस्तोलबाट गोली पड्काउँदै भागेका थिए। घटनाको थप विवरण आउन बाँकी छ।     

यो पनि पढ्नुस् 

प्रहरी इन्काउन्टर कि सुसाइट? लागू औषध कारोबारी प्रवीणको कानमुनि एक गोली, एक मिस फायर



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell