PahiloPost

Mar 30, 2026 | १६ चैत्र २०८२

आमिर खान र किरण रावलाई पनि स्वाइनफ्लू, कार्यक्रम सम्हाल्न पुगे शाहरुख



पहिलोपोस्ट

आमिर खान र किरण रावलाई पनि स्वाइनफ्लू, कार्यक्रम सम्हाल्न पुगे शाहरुख

बलिउड स्टार आमिर खान र उनकी पत्नीलाई किरण रावमा स्वाइनफ्लू देखिएको छ। उनीहरुमा स्वाइनफ्लू देखिएपछि उनीहरु अतिथि रहेको कार्यक्रममा अनुपस्थित रहे। पुणेको उक्त कार्यक्रममा उनीहरुको सट्टा बलिउड बादशाह शाहरुख खानले आमिर, किरणलाई रिप्लेस गरे। 

आयोजकलाई निराश नबनाउन आमिरले शाहरुखलाई अतिथि बनाउन आग्रह गरेका थिए। प्रदर्शनरत फिल्म 'जब ह्यारी मेट सेजल'को प्रचारका लागि जुटेका शाहरुख खानले हाँसीहाँसी आमिरको ठाउँ लिएका हुन्। पानी फाउन्डेशनको वाटर कप इभेन्टका क्रममा कार्यक्रममा प्रत्यक्ष नपुगेका आमिर, किरणले दर्शकसँग स्काइपमार्फत् लाइभ कुराकानी गरे।


उनले भने, 'वर्षभरको तयारी र उत्साह थियो। जब समय आयो तब यस्तो समस्या पर्यो।' उनले मित्रता दिवसको उपलक्ष्यमा कार्यक्रमका लागि आफ्नो मिल्ने साथी शाहरुखलाई पठाएको बताए। 

आयोजकले भने उनीहरुको स्वास्थ्य स्थिति बारे आधिकारिक जानकारी नआएको जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell