PahiloPost

Aug 5, 2026 | २० साउन २०८३

पत्नीले खुकुरीले हान्दा पति घाइते



पहिलोपोस्ट

पोखरा : पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा आज बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन्।
     
श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा  रामबहादुर गम्भीर घाइते भएका र उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ।

खुकुरी प्रहार गर्ने गीतालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell