PahiloPost

Jun 24, 2025 | १० असार २०८२

भियतनामको पहाडी भेगमा बाढीले लियो २६ को ज्यान



पहिलोपोस्ट

भियतनामको पहाडी भेगमा बाढीले लियो २६ को ज्यान
फोटो : EPA/STR VIETNAM

हनोइ : भियतनामको उत्तरी क्षेत्रमा पर्ने विभिन्न पहाडी इलाकामा आएको भीषण बाढीमा परी २६ व्यक्तिको मृत्यु भएको छ। 

साथै बाढीमा परी अन्य १५ व्यक्ति अझै बेपत्ता रहेका उत्तरी भियतनामको पहाडी इलकाका अधिकारीहरुले जानकारी दिएका छन्। 

उत्तरी भियतनामको दिएनबिएन,सोन ला, चाओ बाङ्ग र चाउ प्रान्तमा भीषण बाढी आएको प्रकोप नियन्त्रण कार्यालयले जानकारी दिएको छ। 

भियतनामको उत्तरपश्चिमी इलाकामा आएको यस भीषण बाढीमा परी ६५० वटा घर क्षतिग्रस्त र नष्ट भएका छन्। बाढीका कारण कैयौँ राष्ट्रिय राजमार्ग र सयौँ हेक्टर खेतीयोग्य जमिनसमेत नष्ट भएको छ। 

भियतनाममा यस वर्षको शुरुदेखि हालसम्म आएको बाढी र आँधीलगायत प्रकोपमा परी ७५ व्यक्तिको मृत्यु हुनुका साथै ७७ व्यक्ति घाइते भएका देशको कृषि तथा ग्रामीण विकास मन्त्रालयले जनाएको छ।

भियतनाममा गत वर्ष आएको बाढी र खराव मौसमको कारण करिब २३५ व्यक्तिको मृत्यु भएको थियो। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell