PahiloPost

Jun 24, 2025 | १० असार २०८२

बिपीलाई दिएको बचन पूरा गर्दै मैयाले गरिन एक करोडको जग्गा दान



पहिलोपोस्ट

चितवन : समाजसेवी मैयादेवी श्रेष्ठले बिपी कोइरालाका छोरा एवं नेपाली काँग्रेस महामन्त्री शशांक कोइरालालाई एक कट्ठा जग्गा दान गरेकी छिन्। 

श्रेष्ठले भरतपुर महानगरपालिका वडा नं ११ मा आफ्नो नाममा रहेको कित्ता नं ११०१९ को रु एक करोडभन्दा बढीको जग्गा कोइरालाको नाममा लिखत पास गरिदिएकी हुन्। 

नेपाली कांग्रेसका संस्थापक नेता विशेश्वरप्रसाद कोइरालाले आफ्नो देहवसान हुनुअघि विसं २०३८ मा मैयादेवी श्रेष्ठसँग आफ्नो जीवन राजनीतिमा नै बितेकाले घरपरिवारका लागि केही गर्न नपाएको भन्दै पत्नी सुशीलालाई बासस्थानको व्यवस्था गर्नु भनी दिएको वचन पूरा गर्न जग्गा दान गरेको श्रेष्ठका छोरा टंकनाथ पौडेलले बताए। 

श्रेष्ठले आफ्नो देहवसान अगाडि नै बिपीको परिवारका नाममा बिपीको इतिहास रहने गरी जग्गा दिने इच्छा प्रकट गरेपछि भाइ प्रेम श्रेष्ठ र छोरा पौडेललाई साक्षी राखी जग्गाको लिखद पास गरिदिएकी हुन्। 

जग्गाको लिखत पासपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री कोइरालाले मैयादेवी श्रेष्ठले दिएको जग्गा अहिले आफ्नो नाममा रहेको भए पनि केही समयपछि विश्व सुशीला फाउण्डेशनको नाममा हस्तान्तरण गर्ने बताए। यस विषयमा फाउण्डेशनका पदाधिकारीसँग छलफल गरी आफूले निर्णय लिने पनि उनले जानकारी दिए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell