PahiloPost

Jun 24, 2025 | १० असार २०८२

एमालेको वीरगञ्ज मेयर उम्मेदवारमा नेशनल मेडिकल कलेजका प्रवन्ध निर्देशक



पहिलोपोस्ट

वीरगन्ज : नेकपा एमालेले तेश्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदरवारको नाम सार्वजनिक गरेको छ।
    
प्रमुखमा बसरुद्धिन अन्सारी र उपप्रमुख सोफिया आचार्यको नाम सार्वजनिक गरेको हो। 

अन्सारी भर्खरै नेकपा (एमाले)मा प्रवेश गरेका र उनी वीरगन्जस्थित नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन् भने सोफिया आचार्य भने एमाले पर्साका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यका पत्नी हुन्।
    
एमाले महासचिव ईश्वर पोखरेलको उपस्थितिमा भएको नेकपा एमाले प्रदेश नं २ का बैठकले अन्सारी र आचार्यलाई क्रमशः वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारको घोषणा गरेको छ।
    
प्रदेश नं २ का एमाले प्रमुख सत्यनारायण मण्डल, उपप्रमुख नागेन्द्र चौधरी, पर्सा जिल्ला इन्चार्ज रामचन्द्र साह लगायतका नेताको सहभागितामा सम्पन्न सो बैठकले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न पाँच वटा समूह बनाएर सांसद महिला, दलित र विद्यार्थी नेतालाई परिचालन गर्ने निर्णय गरेको एमाले प्रचार विभागका प्रमुख डा विश्वभर शर्माले बताए। -रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell