PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

उत्तर कोरियाली विदेशमन्त्री रिले भने-अमेरिकाविरुद्ध मात्र आणविक हतियार प्रयोग हुन्छ



रासस

उत्तर कोरियाली विदेशमन्त्री रिले भने-अमेरिकाविरुद्ध मात्र आणविक हतियार प्रयोग हुन्छ
फोटो श्रोतः philstar.com

फिलिपिन्स : उत्तर कोरियाले आणविक हतियार अमेरिकाबाहेक अन्य देशविरुद्ध प्रयोग गर्ने कुनै मनसाय नभएको जनाएको छ। 

दक्षिणपूर्वी एसियाली मुलुकहरूको क्षेत्रीय भेलामा सहभागी हुन फिलिपिन्स आएका उत्तर कोरियाली विदेशमन्त्री रि होङ योले उत्तर कोरिया एउटा ‘जिम्मेवार आणविक र अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र (आइसीविएम)’ ले सुसज्जित मुलुक भएको दावी गरे। 

रि ले क्षेत्रीय भेलास्थल फिलिपिन्सबाटै जारी गरी भनेका छन्,‘अमेरिकासँग कुनै मुलुकले उत्तर कोरिया विरुद्ध मिलेर हतियार नचलाउँदासम्म आफ्नो आणविक हतियार अमेरिकाबाहेक अन्य मुलुकविरुद्ध प्रयोग गर्ने हाम्रो मनसाय छैन।’ 

अमेरिकाले कोरियाली प्रायद्धीपको विवादलाई संयुक्त राष्ट्रसङघको ‘दुरुपयोग’ गरी उत्तर कोरियाली आणविक हतियार ‘विश्वलाई खतरा’ भएको भनी अन्तर्राष्ट्रियकरण गर्ने प्रयास गरिरहेको भन्दै अमेरिकाको कडा आलोचना गरे। 

विदेशमन्त्री रिले कोरियाली प्रायद्धीपको आणविक बिषयलाई सिर्जना गर्ने र अहिलेको अवस्थामा ल्याउने काम अमेरिकाको नै भएको बताए। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell