PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

सवारी दुर्घटनामा एकको मृत्यु



पहिलोपोस्ट

सवारी दुर्घटनामा एकको मृत्यु

इनरुवा: सुनसरी सदरमुकाम इनरुवामा सोमबार साँझ ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा रामधुनी नगरपालिका–८ कालीझोरा बस्ने ६२ वर्षीय केसीलाल चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवा–३ महेन्द्र चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख २७४९ नंको ट्रकले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो।

ठक्कर दिने ट्रक र चालक जिप्रका सुनसरीको नियन्त्रणमा रहेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell