PahiloPost

Jun 24, 2025 | १० असार २०८२

समयमा उपचार नहुँदा सुत्केरीको ज्यान गयो



पहिलोपोस्ट

डडेल्धुरा: डडेल्धुराको भित्रीमधेश क्षेत्रको परशुराम नगरपालिकामा सोमबार एक सुत्केरीको समयमा उपचार नहुँदा बाटोमै मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ।

आइतबार बेलुका सुत्केरी व्यथा लागेर जोगबुढा अस्पताल पुर्‍याइएकी २१ वर्षीया पुष्पादेवी जोशीको धनगढी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उनका आफन्तले जनाएका छन्।

परशुराम नगरपालिका वडा नं ६ घर भएकी पुष्पालाई सोमबार बिहान जोगबुढा अस्पतालमा उपचार हुन नसकेपछि सुत्केरी व्यथा बढिरहेको अवस्थामा धनगढी सिफारिस गरी पठाएको जोगबुढा अस्पतालले जनाएको छ। पुष्पाको धनगढी नपुग्दै बाटोमा नै मृत्यु भएको उनका आफन्तको भनाइ छ।

पुष्पालाई आइतबार बेलुकादेखि नै सुत्केरी व्यथा लाग्दा जोगबुढा अस्पतालमा भर्ना गरिएको थियो। सुत्केरी व्यथा बढेसँगै उनलाई जोगबुढा अस्पतालले आफूले उपचार गर्न नसक्ने भन्दै सिफारिस गरी पठाएको जनाएको छ।

जोगबुढा अस्पतालको लापरबाहीका कारण समयमा उपचार हुन नपाउँदा पुष्पाको ज्यान गएको उनका आफन्तले आरोप लगाएका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell