PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

फिलिपिन्समा दुई पत्रकारको हत्या



रासस

फिलिपिन्समा दुई पत्रकारको हत्या

फिलिपिन्स :  फिलिपिन्समा दुई छुट्टाछुट्टै घटनामा दुई दिनमा दुई जना पत्रकार मारिएका छन्। 

यो घटनाले फिलिपिन्स पत्रकारका लागि विश्वमै अन्त्याधिक खतरा भएको मुलुकका रुपमा चिनिन लागेको अधिकारीहरुले बताएका छन्। 

पछिल्ला दुई घटनामा प्रसारक रुदी अलिकावे र स्तम्भकार लिओ दिअजलाई गोली हानी हत्या गरिएको फिलिपिन्सको राष्ट्रिय पत्रकार सङ्घकी महासचिव दावेत पानेलोले जानकारी दिइन्। 

उनले गतवर्ष राष्ट्रपति रोद्रिगो दुटेर्तेले कार्यभार सम्हालेपछि पत्रकारहरुको हत्या भएको यो तेस्रो र चौथो घटना भएको पनि बताइन्। 

दुवै घटनामा पीडितहरु मोटरसाईकलमा रहेको र अर्को मोटरसाईकलमा आएका बन्दुकधारीले उनीहरुलाई गोली हानी हत्या गरेका थिए। 

हत्या गरिएका दिअज ६० वर्षका थिए। उनी मनिला ताब्लोइद बालितामा संवाददाता र एउटा स्थानीय सामुदायिक पत्रिकाका स्तम्भकार थिए। 
दिअज एक जना पुर्वप्रहरी हुन्। उनले राजनीतिक भ्रष्टाचार, अवैधानिक जुवातास, लागूऔषधलगायतका बारेमा समाचारहरु लेख्ने गर्थे।रासस/सिन्ह्वा 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell