
टोकियो : पश्चिमी जापानमा आएको शक्तिशाली आँधीका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्।
आँधीले धेरै ठाँउ धुलाम्मे भएको र केही भौतिक संरचनाहरुमासमेत क्षति पुगेको अधिकारीहरुले बताएका छन्।
स्थानीय समय अनुसार सोमबार दिउसो वाकायामा प्रान्तमा ठूलो आँधी आएको थियो। वाकायामा जापानको कान्सारी क्षेत्रमा पर्छ।
नोरु यो चरणको पाँचौ आँधी हो। प्रतिघण्टा २५ किलोमिटरको गतिमा रहेको आँधी बेलुका नौ बजे ओगाकी, गिफु लगायतका प्रदेशहरुमा पनि पुगेको जापानको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। रासस/सिन्ह्वा