PahiloPost

Sep 11, 2025 | २६ भदौ २०८२

हनुमानढोकामा यसरी निकालियो गाईजात्राको झाँकी हेर्नुस् फोटोमा

हनुमानढोकामा यसरी निकालियो गाईजात्राको झाँकी हेर्नुस् फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


आज गाईजात्रा पर्व देशभर मनाइँदैछ। उपत्यकासहित देशभर धुमधामका साथ आज यो पर्व मनाइन्छ।

भाद्र महिनामा शुक्ल पक्षको प्रतिपदामा पर्ने यो पर्वमा वर्ष दिनभित्र दिवंगत भएका आफन्तको सम्झना गर्ने गरिन्छ। गाईजात्रा मूलत नेवार संस्कृतिबाट सुरू भएको हो। यो समुदायका मानिसहरु दिवंगत आफन्तहरुको सम्झनामा गाईको रूप धारण गरी टोलटोलमा घुम्ने गर्छन्। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका आफन्तहरु वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास पनि छ।

इतिहासअनुसार पुत्रशोकका कारण विक्षिप्त बनेकी आफ्नी रानीलाई अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन मल्लकालका राजा प्रताप मल्लले गाईजात्राको थालनी गरेका हुन्। उनले जनतालाई मृतक आफन्तको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु भनी आज्ञा दिएपछि यो पर्व सुरु भएको मानिन्छ।

हेर्नुस्, हनुमानढोकामा गाईजात्राका क्रममा निकालिएका झाँकीका दृश्यहरु



ट्रेन्डिङ पोस्ट

Ncell