PahiloPost

Aug 6, 2026 | २१ साउन २०८३

पोखरामा मोबाइलको चार्जर निकाल्दा करेन्ट लागेर एक जनाको मृत्यु



पहिलोपोस्ट

पोखरामा मोबाइलको चार्जर निकाल्दा करेन्ट लागेर एक जनाको मृत्यु

पोखराः मोबाइलको चार्जर निकाल्दा करेन्ट लागेर पोखरामा एक जनाको मृत्यु भएको छ।

करेन्ट लागेर पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १९ घार्मीका ३० वर्षीय सन्तोष सुनारको मृत्यु भएको हो। मोवाइल चार्जर निकाल्ने क्रममा करेन्ट लागेर सुनारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

चार्ज गरिरहेको मोबाइल चार्जर निकाल्ने क्रममा सुनारलाई एक्कासी करेन्ट लागेको थियो। चार्जर निकाल्ने क्रममा विद्युतको तार सर्ट भइ करेन्ट लागेको प्रहरीको अनुमान छ।

करेन्ट लागेर बेहोस भएपछि उनलाई तत्कालै उद्धार गरी पोखरा गैह्रापाटनमा रहेको फिस्टेल हस्पिटल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक सुनारको दुबै खुट्टाको पैताला र दाहिने हातको हत्केला जलेका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell