काठमाडौंः तेस्रो चरणमा आगमी असोज २ गतेका लागि तय भएको प्रदेश नम्बर २ को निर्वाचनबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पार्टी पदाधिकारी र कार्यसम्पादन समितिका सदस्यहरु उपस्थित छन्।
प्रदेश नम्बर २ मा हुने तेस्रो चरणको स्थानीय तहको निर्वाचनबारे समसामयिक राजनीतिक विषयमा छलफल र तयारी गर्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको पार्टी कार्यालयले जनाएको छ। साथै निर्वाचनका लागि केन्द्रीय प्रतिनिधि खटाउने तथा अन्य विषयमा कार्यसम्पादन समितिको बैठकले निर्णय गर्नेछ।