PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

रसुवाको उत्तरगया गाउँपालिकाको भौगर्भिक अवस्था अध्ययन गर्न स्थानीयको आग्रह



रासस

रसुवाको उत्तरगया गाउँपालिकाको भौगर्भिक अवस्था अध्ययन गर्न स्थानीयको आग्रह

रसुवा : रसुवाको उत्तरगया गाउँपालिका वडा नं ४ ढकाल डाँडालगायत क्षेत्रको भौगर्भिकक अवस्था परीक्षण गरिदिन स्थानीय तहले आग्रह गरेको छ। 

गाउँपालिकाका अध्यक्ष उपेन्द्रराज लम्सालका अनुसार साउन २२ गते रातिको अविरल वर्षाका कारण गाउँपालिकाको आधार इलाका पहिरेबेंसीमा १४ घर पहिराले पुरिएको र ४० घरपरिवार विस्थापित भइसकेका छन्।

पहिरेबेंसीको माथिल्लो भाग कुवापानी, ढकालडाँडा भेकमा बसोबास गर्ने करिब दुई सय घरपरिवारमा परेको समस्यालाई ध्यानमा राख्दै खानी तथा भूगर्भ विभागमार्फत जाँच गरिदिन आग्रह गरिएको हो। 

वडा नं ४ का वडाध्यक्ष केशरबहादुर ब्लोनले भने,‘त्यस भेकका बासिन्दा अत्तालिएका छन्, वर्षायाममा पानी ठूलो परिरहन्छ, अन्यत्र बास बस्ने ठाउँ छैन, रात परेपछि अँध्यारोको बेला के होला ? २०१८ सालपछि पहिरोले उग्ररुप लिन्छ कि भन्ने शंका बढ्यो, गाउँवासीको हितका लागि तत्काल परीक्षण हुन जरुरी छ।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell